लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७९ असार २८ गते २१:३५
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ पर्नेहरूमध्ये ३४ वर्षीय विकराज विकको साथबाट ४० मिली ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी, हेटौँडा १० बाट ३७ वर्षीय रञ्जित आले मगरलाई नियन्त्रणमा लिएको छ । उनले लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
आजै हेटौँडा बसपार्कबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट ४८ वर्षीय उज्वलकृष्ण मानन्धरलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने १०० मिली ग्राम खैरो धुलो पदार्थ फेला पारेको हो ।
सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया