मिर्गौला पीडितलाई आर्थिक सहयोग
मेरोन्यूज
२०७९ असार ३० गते ९:५५

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् ।
दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिए । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।
आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो ।रासस
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया