यामाहाको नयाँ वर्ष अफरको विजेता बने काठमाडौँका तेञ्जिङ लामा

काठमाडौँ । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ × १००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाण गरेको छ । उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’मार्फत लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २०लाख ७९ हजारको चेक यामाहा शोरुम, त्रिपुरेश्वरबाट हस्तान्तरण गरेको छ ।
कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत १ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो ।
यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो ।
कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।
यसैगरी, ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले व्यक्त गरे । आउँदै गरेको नेपालीहरूको महान चाडपर्व दसैँ-तिहारलाई अझ उत्सवमय एवम् बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको पनि क्षेत्रीले बताए ।















अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया