उपसभामुख निर्वाचन आज, भुसाल र भट्टराई चुनावी मैदानमा

काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।उपसभामुख छान्न शुक्रबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मतदान प्रक्रिया हुने कार्यसूची रहेको छ। निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ ।
उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।
पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्। भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् ।
शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित एमाले सांसद हुन्।
हाल प्रतिनिधि सभामा एमालेको ९८ जना सांसद छन् । कांग्रेसको जम्मा सासंद ६३ जना तर २ जना निलम्बित हुदाँ हाल ६१ सांसद, माओवादी केन्द्रका ४९ जना (सभामुखसहित) , नेकपा एकीकृत समाजवादीका २३, जसपाका २१ (२ जना निलम्बितले मतदान गर्न पाउँदैनन), लोसपाका १३, राष्टिय जनमोर्चाका १, राप्रपाका १, नेमकिपाका १ र स्वतन्त्र १ सांसद अहिले संसदमा छन् ।
यसमा पनि एमालेको ९८ मा सोमप्रसाद पाण्डे अहिले नेकपा एकीकृत समाजवादीतिर छन् । जसले गर्दा एमालेमा ९७ र एकीकृत समाजवादीमा २४ मत छ । माओवादीका ४९ मध्ये सभामुखले मत दिँदैनन । तर स्वतन्त्रका १ माओवादीतिरै रहेकोले त्यो सहित जोडदा भने ४९ मत नै हुन्छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।
















परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया