मदिरामा ‘लठ्ठ’ धादिङ्गका जनप्रतिनिधिको कर्तुत : डियुटीमा खटिएका प्रहरीलाई पड्काउने धम्की !

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । जुन भिडियोमा धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं.८ का वडाध्यक्ष रामकृष्ण रेग्मीकाे । उक्त भिडियोमा रेग्मीले ट्राफिक प्रहरीसँग पावरको दम्भ देखाईरहेका देखिन्छन् ।
मदिराले लठ्ठ भएका रेग्मीको मोटरसाईकल चेकिङ्गमा सहजीकरण गर्नुको साटो पावरको दम्भ देखाएर ट्राफिक प्रहरीमाथि नै दुरव्यवहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । काठमाडौं आउने क्रममा उनलाई ट्राफिक प्रहरीले चेकिङ्ग गर्न खोजेको थियो तर मदिरमा लठ्ठ वडा अध्यक्ष रेग्मीले प्रहरीलाई उल्टै पावरको दम्भ र दुव्र्यवहार गरेका हुन् ।
रेग्मीले आफु धुनिवेशी नगरपालिका ८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै आफ्नो छुट्टै शक्ति भएको दाबी गरेको भिडियो स्पस्ट सुनिन्छ । उनले डियुटीमा खटिएका ट्राफिक प्रहरी असाई शैलेन्द्र चौधरीलाई पड्काउने धम्की दिएका छन् । प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रण गरेर कारबाहीको लागि प्रक्रिया सुरु भएको बताइएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया