प्रचण्ड भारतमा भेटघाटमा व्यस्त, आज यी व्यक्तिसँग भेट्दै

काठमाडौँ । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । भ्रमणको दोस्रो दिन आज उनी राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् ।
प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ ।
प्रचण्ड फाउण्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुने छन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यसपछि उनी भाजपाको मुख्यालय भ्रमणमा पुग्ने भएका छन् । त्यस क्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्ने छन् ।
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया