शनिबार, माघ १०, २०८२

आफ्नै घरमा जलेर ८४ वर्षीय वृद्धको मृत्यु

मेरोन्यूज २०७९ असार ३२ गते १५:१४

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् ।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको छ । 

प्रतिक्रिया