चन्द्र नहरमा डुबेर ७० वर्षीय वृद्धको मृत्यु
मेरोन्यूज
२०७९ असार ३२ गते १६:१४

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् ।
शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राति थाहा पाए लगतै प्रहरीलाई खबर गरेको स्थानीयले बताए।
खबर भएसँगै प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजे उनको शव मृत अवस्थामा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ।
मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया