जुम्ला कालिकोट जोड्ने हिमा नदीको पक्की पुल : निर्माणकार्य पूरा नहुँदै चर्कियो

जुम्ला । जुम्ला र कालिकोट जोड्ने सिंजाखोला पुलको निर्माण कार्य सम्पन्न नहुँदै चर्किएको छ । पुलको निर्माण कार्यको ढलानसमेत गरिसकिएको भए पनि चर्किएर खतरा अवस्थामा पुगेको हो ।
पुल निर्माणको क्रममा ( प्रिस्टेट गर्दा खेरी) चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले स्वकार गरेको छ । सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल संयुक्त रूपमा १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो ।
सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए । इन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिंजाखोला र छिडेना पुलको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो ।
२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५/१२/१४ मा सम्पन्न गरी सक्ने सम्झौता थियो ।उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाइन गर्नुपरेको थियो ।यो वर्ष भने पुल सञ्चालनमा ल्याउने तयारी थियो ।तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । उनले भने, ‘छिडेनाको पुल भने सम्पन्न भइसकेको छ ।’
यो पुल फरक किसिमको प्रविधिको पुल भएकाले २८ दिनमा तान्ने गरिन्छ । सोही क्रममा चर्किएको हो । अव केही समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६,७ गते जुम्लामा भारतको इन्जिनियरको टिम पुग्छ । नचर्किएको भए साउन महिनामै गाडी गुड्थ्यो तर अव दसैँमा गाडी गुड्ने देखिन्छ । पुलको भित्र ग्राउटिङ गर्नुपर्ने हुन्छ ।
सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गर्छौं । सो पुलको अहिलेसम्म तीन पटक पुलको म्याद थपी सकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।
निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसित भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाडै गाडी गुडाउने सपना फेरी धकेलिएको छ । सड्क सञ्जाल जोडिएपछि नेपालगन्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवाहक साधन र पर्यटकहरू भित्रिने गरेका छन् तर पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुलजोखिम भएकाले चाडै बनाउन स्थानीयको दबाब छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नेपालपत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन् । समन्वय समितिका प्रमुख आचार्यले सो पुलको विषयमा सम्बन्धित निकायमा के भएको र चाडै काम सुचारु गर्न समन्वय गर्ने बताए । स्थानीय सरोकारवालाले भने पुलको विषयमा चासो बढाएका छन् ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया