आगामी आर्थिक वर्षमा ३५ वटा मोटरेवल पुलका लागी बजेट विनियोजन

लमजुङ । लमजुङमा ३५ मोटरेवल पुल निर्माताका लागी संघ सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गतका खोला तथा नदीहरूमा मोटरेवल पुल बन्ने गरी बजेट विनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका विभिन्न खोला तथा नदीहरूमा मोटरेवल पुल सम्भाव्यता अध्ययन, संरक्षण तथा निर्माणका लागि पाँच लाख देखि एक करोड सम्मको बजेट विनियोजन गरेको हो ।
जिल्लामा परेका मोटरेवल पुल योजना मध्ये २२ वटा मोटरेवल पुल निर्माण, रणनीतिक सडक पुल विस्तृत सम्भाव्यता अध्ययनका लागि तीनवटा मोटरेवल पुल र रणनीतिक सडक पुल निर्माण तथा संरक्षणका लागि १० वटा योजना परेको छ । आगामी आर्थिक वर्षमा निर्माण हुने मोटरेवल पुल मध्ये सातवटा योजनाका लागि एक/एक करोडका दरले बजेट विनियोजन भएको छ ।
एक करोडका दरले बजेट विनियोजन भएका मोटरेवल पुल योजना मध्ये लमजुङ गोरखा सिमाना अन्तर्गत बडहरे खोला मोटरेवल पुल, गोरखा लमजुङ सिमानाको चेपे नदी मोटरेवल पुल, राईनास–४, चक्रतिर्थ अन्तर्गत चेपे नदी मोटरेवल पुल, करापुटार नाल्मा सडक अन्तर्गत मिदिम खोला मोटरेवल पुल, लमजुङ र तनहुँ सिमाना अन्तर्गत सुन्दरबजारको पाउँदी खोला छत्रै मोटरेवल पुल रहेका छन् ।
यसैगरी भोटेओडार बेलघारी अन्तर्गत मर्स्याङ्दी नदी मोटरेवल पुल, मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका सिमाना ङादीखोला मोटरेवल पुलका लागि पनि एक/एक करोड बजेट विनियोजन भएको छ ।
जिल्लाका अन्य सडक मोटरेवल पुल मध्ये बेसीसहर–६ र १० जोड्ने मर्स्याङ्दी नदीमा बन्ने मोटरेवल पुलका लागि ८५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै बेसीसहर–२ र ११ जोड्ने मर्स्याङ्दी नदी मोटरेवल पुलका लागि पनि ४७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । सो बाहेकका जिल्लाका आठ वटा पुल निर्माण र १० वटा पुल निर्माण तथा संरक्षणका लागि ३०/३० लाखका दरले बजेट विनियोजन भएको छ ।
जिल्लामा पुमा खोला मोटरेवल पुल सहित मध्यनेपालको मादी नदी मोटरेवल पुल, करापु डढुवा अन्तर्गत मिदिम खोला मोटरेवल पुलका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरेको छ । सो बाहेक जिल्लाको मध्यनेपाल नगरपालिका अन्तर्गत लमजुङ तनहुँ सिमाना पर्ने मादी नदी मोटरेवल पुलका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।
रणनीतिक सडक पुलहरूको विस्तृत सम्भाव्यता अध्ययनका लागि भने तीनवटा मोटरेवल पुलका लागि पाँच/पाँच लाखका दरले बजेट विनियोजन गरेको छ ।
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया