महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।
एमाले महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’
नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरु बोलि नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको छ ।’
गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए ।
गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौं । प्रतिस्पर्धात्मक रुपमा भर्ना हुन्छ । ’
गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रुपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो ।
गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन,आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाँउपालिकाले जानकारी दिएको छ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया