सिलिण्डर पड्केर आगलागी हुँदा तीन जना घाइते
मेरोन्यूज
२०७९ साउन १ गते १४:२९
सप्तरी । जिल्लाको बोदे बर्साइन नगरपालिकामा सिलिण्डर पड्केपछि भएको आगलागीमा तीन जना घाइते भएका छन् । वडा नम्बर १० खड्गपुरका खगेन्द्र यादवको घरमा सिलिण्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन । प्रहरीका अनुसार यादवको घरमा एकैपटक तीन वटा ग्यास सिलिण्डर पड्किएको थियो ।
आगलागीमा घरमा रहेको नगद एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया