भृकुटीमण्डपमा भएको आगलागीबारे छानबिन हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीबारे छानबिन हुने बताएका छन् ।
गृहमन्त्री खाँणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै छानबिन गर्ने बताएका हुन् । आगलागीमा परिषद् अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामाग्री पनि जलेका थिए । उनले अपांगका सहायक समाग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने बताए ।
‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौँ,’ गृहमन्त्री खाँणले भने ।
उनले प्राधिकरणले उपलब्ध गराउने सहायक सामाग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिए । अवलोकनका क्रममा उनले आगलागी भएको स्टोर, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगका लागि सहायक सामग्री निर्माण गर्ने स्थान र कुन अपांगलाई के सहायक सामग्री आवश्यक पर्छ भनेर जाँच गर्ने स्थानसमेत अवलोकन गरेका थिए ।
गृहमन्त्री खाँणलाई कोषका सभापति डेकराज भट्टराईले आगलागी, कोष र सहायक सामग्री निर्माणबारे जानकारी गराएका थिए । उनीसँग गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत अवलोकन गरेका थिए ।
स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया