२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ ।
नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो ।
बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ५२८ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९-८० को बजेट पेश गरेका छन् ।
हालसम्म बजेट पेश गर्नेमा प्रदेश १ का १०२, मधेस प्रदेशका ७०, बागमती प्रदेशका ८४, गण्डकी प्रदेशका ७२, लुम्बिनी प्रदेशका ८३, कर्णाली प्रदेशका ५६ र सुदूरपश्चिम प्रदेशका ६१ स्थानीय तह रहेका छन् ।
बजेट पेश नगर्नेमा प्रदेश १ का ३५, मधेश प्रदेशका ६६, बागमती प्रदेशका ३५, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका २६, कर्णाली प्रदेशका २३ र सुदूरपश्चिम प्रदेशका २७ वटा स्थानीय तह छन् ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया