चुनावी हिसाबमा वाम नेता
सिंहदरबारमा पुनः सुरु भयो वाम नेताहरूको छलफल

काठमाडौँ । आगामी चुनाव नजिकिँदै गर्दा राजनीतिक दलबीच छलफल र हिसाबकिताब तीव्र बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धा हुने चुनावमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्र कता मिल्छ ? उतै आगामी संघ र प्रदेशसभा निर्वाचनको परिणाम जाने स्पष्ट रहेको छ ।
तर, त्यो चित्रभित्र पनि दलहरुका आआफ्ना स्वार्थ छन् । जसका कारण आफ्नो दलको स्वार्थलाई केन्द्रबिन्दु बनाएर नेताहरूले अनेक ढंगले भेटवार्ता तथा संवाद गरिरहेका छन् ।
कांग्रेसले माओवादीलाई एमालेसँग मिल्न जानबाट रोकेर सत्ता गठबन्धनभित्रै राख्ने र जसरी हुन्छ निर्वाचनमा गठबन्धनको बलसहित बहुमत जुटाउने कोसिसमा छ । माओवादी कांग्रेससँगैको गठबन्धनमा रहे पनि आफूबिना आउने पाँच वर्ष कसैको सरकार बन्न नसक्ने स्थितिको सिर्जना गर्नु छ ।
त्यसका लागि सिट बाँडफाँडको तालमेलमा कांग्रेसलाई कसरी कस्ने भन्नेमा यतिबेला कांग्रेसइतर सत्ता गठबन्धन दलका शक्तिहरुको ध्यान रहेको छ । त्यही क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो नयाँ दल दर्ताको तयारीमा रहेका डा. बाबुराम भटटराईसँग संवाद गरेका थिए ।
अहिले उनै प्रचण्डले सत्ता गठबन्धनभित्र उपगठबन्धन निर्माण गरेर कांग्रेसमाथि दबाबको रणनीति अवलम्बन गर्न खोजेका छन् । त्यही क्रममा अहिले सिहंदरबारमा पुनः प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूको छलफल शुरु भएको छ ।
छलफलमा माओवादीका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टीका नेता बामदेव गौतमलगायतको सहभागी रहेका छन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
प्रतिक्रिया