मन्त्री पौडेललाई मेयर शाहले भने : विद्यालयमा ‘लकर’ बनाउन ५० करोड दिनु पर्यो

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्था सुधार्न अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् । पौडेलले काठमाडौं महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताए ।
‘शिक्षकको कार्य सम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन्, पढ्ने वातावरण छ कि छैन ? भनेर नियमित महानगरले अनुगमन गर्नु पर्यो,’ मन्त्री पौडेलले भने । काठमाडौं महानगरभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरले ध्यान दिनु पर्नेमा पौडेलले जोड दिए ।
‘भौतिक पूर्वाधारसँगै नमुना विद्यालय र शिक्षण सिकाइका लागि महानगरले योजना बनाएर अघि बढ्नु पर्यो,’ मन्त्री पौडेलले भने, ‘महानगरलाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्ने पर्ने पौडेलको भनाइ छ ।
भेटमा बालेन्द्र शाहले महानगरभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए । ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिष्टम व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नु पर्यो ।’
मेयर शाहले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गह्रो भएको भन्दै किताब राख्न लकर सिष्टमको व्यवस्था गर्नु पर्ने बताए ।
















अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया