अमेरिकामा समलिंगी विवाहलाई मान्यता दिने विधेयक पारित

न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो ।
दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २६७ र विपक्षमा १५७ मत परेको थियो । तर, विधेयक सिनेटबाट पारित हुने बारेमा अनिश्चित छ ।
बिधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विद्येयकको पक्षमा उनीहरु सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो ।
१०० सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवाहहरूलाई पनि सुरक्षा प्रदान गर्दछ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया