डिभिजन वन लमजुङको ९०.८४ प्रतिशत प्रगति

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले गत आर्थिक वर्ष ०७७-७८ मा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ ।
डिभिजनल वन प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये चालूतर्फ ९७ दशमलव ९० प्रतिशत प्रगति भएको छ भने पुँजीगततर्फ ८४ दशमलव ५९ प्रतिशत वित्तीय प्रगति भएको छ ।
संघीय सशर्त कार्यक्रमतर्फ पनि चालू कार्यक्रममा ९० दशमलव ५६ प्रतिशत वित्तीय प्रगति भएको छ भने पुँजीगततर्फ शतप्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित ४ करोड ७८ लाख ९५ हजार रुपैयाँमध्ये ३ करोड, ७ लाख, १८ हजार अर्थात् ६४ दशमलव १४ प्रतिशत मात्रै खर्च भएको छ ।
प्रदेश सरकारतर्फका कार्यक्रममध्ये डिभिजन वन कार्यालय प्रशासनिक चालू तर्फमात्रै ३ करोड ५१ लाख ७० हजार विनियोजन भएकोमा १ करोड ९२ लाख ७० हजार रुपैया मात्रै खर्च भएको छ । त्यसैगरी डिभिजन वन कार्यालय विकास चालु तर्फ ७५ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा ६४ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । सो बाहेक डिभिजन वन कार्यालय विकास पुँजीगततर्फ ५१ लाख ४० हजार रुपैया विनियोजन भएकोमा ५० लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले संघीय सशर्त कार्यक्रमतर्फको कार्यक्रममध्ये राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम र जडीबुटी विकास कार्यक्रम तर्फ शतप्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । सो बाहेक संघीय सशर्त कार्यक्रमतर्फ राष्ट्रिय वन बिकास तथा व्यवस्थापन कार्यक्रममा ९० दशमलव ४९ प्रतिशत वित्तीय प्रगति भएको छ भने वन तथा भुसंरक्षण विभागअन्तर्गत ८८ दशमलव ४३ प्रतिशत, वातावरण विभाग अन्तर्गत ९१ दशमलव ७१ प्रतिशत र जडीबुटी विकास कार्यक्रम अन्तर्गत ८५ दशमलव ७१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेशतर्फ ८९ दशमलव ९६ र संघीय सशर्ततर्फ ९२ दशमलव २६ प्रतिशत प्रगति भएको सुवेदीले बताए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया