स्वास्थ्य बिमा गरेका नागरिकले ६ महिना बितिसक्दा पनि उपचार सुविधा पाएनन्

जुम्ला । ०७८ फागुनमा स्वास्थ्य बिमा गरेका जुम्ला हिमाका बासिन्दाले अझै पनि निःशुल्क औषधि पाएका छैनन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन । उनको तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएकी थिइन । उनले भनिन् ‘स्वास्थ्य बिमा गरेका छौँ भनेर घरबाट पैसा पनि नलिइ आयौँ । उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बिमाको कार्ड दिँदा इन्ट्री नभएको र कार्यान्वयनमा नआएको बताए ।’
बिरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर फागुन ०७८ मा स्वास्थ्य बिमा गरेको उनले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले जेठ ०७९ देखि कार्यान्वयनमा आउँछ भनेका थिए । तर, साउन महिनामा पनि बिमाको फाइल इन्ट्री नै भएको रहेनछ ।’ स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले समयमा इन्ट्री नगरी कार्यान्वयनमा नल्याएउँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । अब पैसा दिने कोही पनि भएको र साथमा पैसा पनि नभएकाले उपचारै नगराइ फर्कनु पर्ने अवस्था आएको शाहीले बताइन् ।
स्वास्थ्य बिमा कार्यक्रम जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बिमा दर्ता सहयोगी शेरबहादुर शाहीले बिमा फाइल समयमा नल्याएको बताए । फिल्डमै भएकाले अझै सम्पर्क हुन नसकेको उनीहरुको भनाइ छ ।
६० हजारभन्दा बढीको स्वास्थ्य बिमा
जुम्लामा ६० हजार एक सय ५६ जनाले स्वास्थ्य बिमा गरेको जिल्ला संयोजक रावतले बताए । उनले भने, ‘सामान्य बिमाको पैसा तिरेर ३१ हजार तीन सय ५४ जनाले बिमा गरेका छन् भने बिमा रकमको ५० प्रतिशत रकम तिरेर आठ सय नौ जना महिला स्वयंसेविकाले स्वास्थ्य बिमा गरेका छन् ।
अतिविपन्न २५ हजार तीन सय ३२ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ । यस्तै, ७० वर्ष माथिका दुई हजार तीन सय ५७ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा भएको छ ।’
एचआइभी एड्स रोगी तीन जना, टिबी रोगी नौ जना र ‘क’ वर्गका पूर्ण असक्त दुई सय ५४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ ।
चन्दननाथका सबैभन्दा बढीको बिमा
जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा बसोबास गर्ने नागरिकले स्वास्थ्य बिमा गरेका छन् । चन्दननाथमा १४ हजार सात सय ७९ जना, गुठीचौरमा पाँच हजार सात सय ७५ जना, हिमामा चार हजार पाँच सय २० जना, कनकासुन्दरीमा पाँच हजार तीन सय आठजना, पातारासीमा आठ हजार तीन सय १८ जना, सिंजामा चार हजार आठ सय ७७ जना, तातोपानीमा नौ हजार एक सय ८६ जना र तिलामा सात हजार तीन सय ९५ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
तातोपानी गाउँपालिकामा तत्कालिन गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनतासँग अध्यक्ष कार्यक्रमअन्र्तगत १० लाख बजेट विनियोजन गरी विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरेका थिए ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५४ जना स्वास्थ्यकर्मी र कर्मचारीको एकमुष्ट स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया