यी १८ जिल्लामा बाढीको खतरा, सर्तक हुन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।
वर्षाले ती जिल्लामा बहने केही ससाना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबसमेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधरणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भूभाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग भई बहने ससाना नदीमा बहाब बढ्ने पूर्वानुमान महाशाखाको छ ।
यस्तै, आइतबार प्रदेश १ को पहाडी भूभाग, सुदूरपश्चिम प्रदेशको तराई भूभाग भई बहने केही ससाना नदीमा बाढी आउने पूर्वानुमान छ ।
आगामी तीन दिनसम्म प्रमुख नदी कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीको बहाब सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया