लहानका उपमेयरविरुद्ध बलात्कारको उजुरी दर्ता
मेरोन्यूज
२०७९ साउन ६ गते ११:३३
काठमाडौँ । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिनाअघि भएको घटनाको विषयलाई लिएर उपमेयर महतोविरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने छ ।
उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणीको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि उजुरी परेको हो । गत जेठ महिनाको घटनालाई लिएर दुई दिनअगाडि मात्र दर्ता भएको हो ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया