सांसद घनश्याम खतिवडाको प्रश्न- नागरिकतामा सार्क मुलुकका भन्दा खुकुलो प्रावधान किन ?
मेरोन्यूज
२०७९ साउन ६ गते १४:३४

काठमाडौं । नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा मुल संशाेधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन् ।
‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ? प्रतिनिधिसभा बैठक जारी छ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया