मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा सेयर बजारमा दबाब महसुस

काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ ।
१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।
मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार घटाउने निर्णय भएमा भने त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । समग्रमा मौद्रिक नीतिबाट सेयर बजारका समस्या समाधान हुन्छ भनेर लगानीकर्ता विश्वस्त नहुँदा बजार प्रभावित भएको कतिपयको बुझाई रहेको र सोही कारण यस दिन बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।
बजार प्रभावित हुनुमा यसअघि नेप्से लगातार ८ दिनसम्म बढेको थियो । यसरी बढेको बजारबाट ट्रृेडरहरुले नाफा बुक गरेका हुन् । जसको प्रभावसमेत अहिले देखिएको हो । शक्रबार अपरान्ह ४ बजे केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया