मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा सेयर बजारमा दबाब महसुस

काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ ।
१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।
मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार घटाउने निर्णय भएमा भने त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । समग्रमा मौद्रिक नीतिबाट सेयर बजारका समस्या समाधान हुन्छ भनेर लगानीकर्ता विश्वस्त नहुँदा बजार प्रभावित भएको कतिपयको बुझाई रहेको र सोही कारण यस दिन बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।
बजार प्रभावित हुनुमा यसअघि नेप्से लगातार ८ दिनसम्म बढेको थियो । यसरी बढेको बजारबाट ट्रृेडरहरुले नाफा बुक गरेका हुन् । जसको प्रभावसमेत अहिले देखिएको हो । शक्रबार अपरान्ह ४ बजे केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया