गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् । गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् ।
कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा शुक्रबार ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनका काका रामबहादुर दास खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेका चोटपटक देखिएको प्रहरीको भनाइ छ ।
उनहरुबीच केही दिन अगाडी झगडा भएको थियो । घरबाट कोदालो बोकेर भतिज रामनाथले काका आँपको रुखमुनि सुतिरहेको थाहा पाएपछी घरबाट नै कोदालो बोकेर गएको प्रहरीको भनाइ छ ।
उक्त कोदालो रामनाथ दासको श्रीमतीले पहिचान गरेकी थिइन भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको थियो ।
पारम्भिक बयानमा रामनाथले समेत हत्या गरेको स्वीकार गरेका छन । काकाको हत्यापछि नुहाएका रामनाथले हत्याका क्रममा रगत लागेको आफूले लगाएको कपडामा धोएर सुकाएको अवस्थमा प्रहरीले बरामद गरेको छ ।
यसअघि पनि साविक सहोडवा–५ बस्ने राम बिलास दास तत्मा लाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् । गणतन्त्र दिवस अवसरमा गत १५ जेठमा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट रिहा भएका थिए ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया