सर्लाहीमा २० वर्षीय महिलाको हत्या : श्रीमान, ससुरा र देबर पक्राउ

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु छन् ।
यी तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
२२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।
निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका डीएसपी यादवले बताए ।
उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया