अमेरिकाले युक्रेनलाई दियाे थप २७० मिलियन डलर
मेरोन्यूज
२०७९ साउन ७ गते ९:५७

किभ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।
प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।
रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ । सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’
अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।
सम्बन्धित
















निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया