सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम वंगालका मन्त्री पक्राउ

कोलकाता । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् । राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।
नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए । डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’, आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।
हाल, उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया