दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिए, वैज्ञानिकहरू बने चिन्तित

काठमाडौँ । गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीन वटा चुच्चो ह्वेलहरू फेला परेका थिए ।
उक्त ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणमा जनाइएको छ । गहिरो समुद्री ह्वेललाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लोपटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ ।
चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरूको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिटसम्म पुग्न सक्छन् । समुद्री जनावरमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।
तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् । चार घण्टाभन्दा बढी आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू सिकारी र मानव र्सिजित प्लास्टिक प्रदूषणले मरेर किनारमा पुग्छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया