बिजुली नपुगेपछि ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण
मेरोन्यूज
२०७९ साउन ८ गते ९:५४

काठमाडौँ । केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिका स्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ ।
हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया