एउटै रुखमा झुण्डिएका तीन किशोरीको शव अस्पताल पठाइयो
मेरोन्यूज
२०७९ साउन ८ गते १३:५२
काठमाडौँ । झापाको कचनकवल गाउँपालिका ५ स्थित पठामारीमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको शव धरान पठाइएको छ ।
शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बिहान सुनकोशी चिया बगानमा काम गर्दै आएका उनीहरूको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृत्यु हुनेहरूमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् । उनीहरूले आफ्नो पढाइ छाडेर चिया बगानमा काम गर्दै आएका थिए ।
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया