तीन अध्यक्ष रहने गरी बाबुराम भट्टराईले नेपाल समाजवादी गठन गर्दै

काठमाडौं । जसपाबाट अलगिएर बाबुराम भट्टराईले नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्। उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका हुन् । केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुने सोही समुहका एक नेताले बताए । भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका ति नेताले बताए । उनले भने, ‘अहिले पार्टीको विधान बनाउने जस्ता काम भइरहेका छन्, पार्टी गठन गर्न अझै केही दिन लाग्छ,’
उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ। गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।
यसअघि भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए। भट्टराईले पार्टी कब्जा गर्न खोजेको भन्दै यादवले संघीय परिषद अध्यक्षबाट कारबाही गरेका थिए ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाट जितेका थिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे पनि भट्टराईसँग छलफल गर्दै आएका छन्।
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया