१० अर्बभन्दा बढी औषधी उपकरण खरिदमा अनियमितता गरेको आरोपमा चौरासिया मन्त्रालय तानिए

काठमाडौं । १० अर्ब भन्दा बढी औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, आरोप लागेमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया मन्त्रालय तानिएका छन् ।
मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा उनलाई पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको छ ।
मन्त्रालयले लेखेको पत्रमा डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ ।
यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन भनिएको हो ।
विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदैं आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक विवादमा तानिदैं आएका छन् ।
उनीमाथि पटक—पटक अनियमितता गरेको आरोप पनि लाग्दै आएको छ । डा. चौरासिया १० औं तहका सरकारी अधिकारी हुन् ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया