यसरी हेर्नुहोस् नेपाल टेलिकमको सेवाबाट एसईई परीक्षाको नजिता
मेरोन्यूज
२०७९ साउन १० गते १९:३२

काठमाडौँ । गत वर्षको एसइई परीक्षाको परीक्षाफल नेपाल टेलिकमको विभिन्न माध्यमबाट जानकारी पाउन सकिने भएको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
कल गरेर नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सिडिएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ ।
एसएमएस गरेर थाहा पाउनको लागि मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइई लेखेर स्पेस छोडी अल्फाबेट सहितको सिम्बल नम्बर एसइई स्पेस˃ ˂अल्फाबेट सहितको सिम्बल नम्बर˃ टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुने कम्पनीले बताएको छ।
वेबसाइटबाट नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया