भारतमा राज्य सभाका विपक्षी दलका १९ सांसद निलम्बित
मेरोन्यूज
२०७९ साउन ११ गते ६:०५

नयाँ दिल्ली । भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साताभरका लागि निलम्बन गरिएको छ । ‘राज्यसभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।
मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अबरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ । ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ । ’
निलम्बित सांसदले सदन नछोडेपछि एक घन्टाका लागि बैठक स्थगित भएको थियो ।
यसअघि तल्लो सदन लोकसभाका सभामुखले संसदका चार सदस्यलाई वर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् ।
सम्बन्धित









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया