डिशहोमको नयाँ सेवा शुभारम्भ

काठमाडौं । डिश मिडिया नेटवर्कले आईपी टिभी सेवा शुभारम्भ गरेको छ । यो सेवालाई ग्राहकले डीटीएचलाई जस्तै साथ र माया दिने कम्पनीले विश्वास लिएको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको थियो ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सवैभन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टी२ टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।
आईपी टिभीमा सर्टस् टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्लुसिभ च्यानलहरु लगायत २००भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढी विभिन्न कन्टेन्ट लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको कम्पनीले जनाएको छ । आईपी टिभी सेट टप गर्न निम्न स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ ।
- ● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU
- ● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port
- ● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
- ● 2.0 USB Slots * 2
- ● Power Input: 12V/1 Amp
- ● Quick App Launch Buttons on the Remote
- ● Video Decoding: 4K * 2K @ 60fps H.265
- ● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया