काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानसहित ६ जना छन् । मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पासा श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकीसहित ९ जना छन् । उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया