जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…

एजेन्सी (मस्को)/ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ ।
तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि क्रेमलिन नेताको स्वास्थ्यमा सुधार आएको थियो । उपचारपछि चिकित्सकहरू उनको कक्ष छोडेका थिए । ‘पुटिनलाई शुक्रवार जुलाई २२ देखि शनिबार जुलाई २३ को रातमा तत्काल चिकित्सा हेरचाहको आवश्यकता थियो’ उक्त च्यानलले लेखेको छ, ‘बिहान १ बजे उनकोे निवासमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रपतिलाई बोलाइएको थियो ।’
‘पुटिनले गम्भीर वाकवाकीको गुनासो गरे । २० मिनेटपछि डाक्टरहरु को एक अतिरिक्त टोली बोलाइयो । डाक्टरहरूले सहयोग प्रदान गरे । उनीहरू तीन घण्टासम्म पुटिनको नजिक थिए ’, उक्त च्यानलले लेखेको छ ।
यसैबीच, पुटिनले फेब्रुवरीमा युक्रेनमाथि हमला गरेपछि उनलाई क्यान्सर वा पार्किन्सन रोग लागेको अनुमान गरिएको छ ।
पुटिन शारीरिक रूपमा कमजोर बनेका, उभिँदा असहज महसुस गरेका भन्दै पश्चिमा सञ्चार माध्यमहरूले उनको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । तर, पुटिन स्वस्थ र आनन्द रहेकाे क्रेमलिनले दाबी गर्दै आएकाे छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया