फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राती १२.४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो ।
क्षतिको विवरण आइनसकेपनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन् ।
भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ । राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उहाँको सचिवालयले जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया