कंगोमा शान्ति सेनामाथि आक्रमणः तीन शान्ति सैनिकको मृत्यु, नेपाली सैनिक सुरक्षित

काठमाडौं । कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा समेत आक्रमण गरेका छन्। कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन्।
आक्रमणमा दुई जना भारतीयसहित तीन शान्ति सैनिकको मृत्यु भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुःख व्यक्त गरेका छन्।
शान्ति सैनिकमाथिको आक्रमणलाई राष्ट्रसंघले युद्ध अपराध भनेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्( शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो ।
नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो ।
‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।
राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सेनाले जनाएको छ ।
‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया