शनिबार, माघ १०, २०८२

ठमेलस्थित कल सेन्टरमा प्रहरीको छापा, ४ जना चिनियाँ नागरिक पक्राउ

मेरोन्यूज २०७९ साउन ११ गते २१:१५

काठमाडौं । प्रहरीले ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ । काठमाडौंको ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०/२० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ ।

यसअघि प्रहरीले सोमबार प्रहरीले तीनकुनेको कल सेन्टरमा छापा हानेर चिनियाँ नागरिकसहित ३६ जनालाई पक्राउ गरेको थियो । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।

प्रतिक्रिया