होलेरी जोड्ने अवरुद्ध सडक खुलाउन गृहमन्त्रीको निर्देशन
मेरोन्यूज
२०७९ साउन १२ गते ९:०३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अवरुद्ध दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक थप जनशक्ति र साधन प्रयोग गरेर खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक सुरेश काफ्लेलाई टेलिफोन गरेर अवरुद्ध सडक यथाशक्य खुलाउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
घोराही होलेरी सडकको घोराही उपमहानगर १३ मा पर्ने बगाले भन्ने स्थानमा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि गएरातिबाट अवरुद्ध रहेको निमित्त प्रजिअ पुनले जानकारी दिए ।
बिहानैदेखि प्रहरी, सडक विभाग र स्थानीय मिलेर पहिरो हटाउने काम गरिरहेको उनले बताए । अहिले मोटरसाइकल क्रास हुन थालिसकेको र दुई घण्टासम्म खुलाइसक्ने गरी काम भइरहेको पहिरो स्थलमा पुगेकी पुनले जानकारी दिएन् ।
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया