उमेर घटाएर जागिर खाने डीएसपी सिंहलाई ८ महिना कैदको फैसला
मेरोन्यूज
२०७९ साउन १२ गते १६:१५

काठमाडौं । उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालतले नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई ८ महिना कैद सुनाएको छ । विशेष अदालतले डिएसपी रमेश सिंहलाई ८ महिना कैद सुनाएको हो । कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो । यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ ।
डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो ।
सम्बन्धित
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया