आइतबार, माघ ११, २०८२

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एक जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन १२ गते १९:५८

काठमाडौं । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका(७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका(४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया