बलात्कार गरी प्रेमिकाको हत्या गर्ने युवक पक्राउ
काठमाडौँ । लमजुङमा विवाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ ।
स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ ।
उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ । साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो ।
बोल्न नसक्ने र कान नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् । सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ ।
आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए । तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।
अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनासमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । लीलाको शवको जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया