लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङ । लमजुङमा कोदो रोप्न सुरु भएको छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर नै किसानले कोदो रोप्न थालेका छन् ।
जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपि सकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले किसानले कोदो रोप्ने समय पाएका छन् ।
यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् ।
मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी दिलमाया तामाङ पनि केही दिनदेखि कोदो रोप्न बारीमा व्यस्त छन् । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुने बेला पनि चासो बारीमै हुने गरेको छ”, उनले भनिन्।
हरेक वर्ष करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बेँसीसहर नगरपालिका–२ चिसोपानीका हिरासिंह गुरुङले बताए ।
जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब ६ हजार १ सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया