तनहुँमा थपिए पाँच सय ७९ उद्योग

दमौली । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८÷७९ को अवधिमा पाँच सय ७९ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।
कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको कार्यालय ढकालले बताए । “ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्,” उनले भने, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेती तर्फ आकर्षण बढ्दो छ ।
तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख ५४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख तीन हजार चार सय राजश्व सङ्कलन भएको छ ।
सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी÷नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०७८÷७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएको थियो । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो । रु १ लाखसम्म पुँजी भएको उद्योगले रु १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु ३ हजार १ सय, रु ५ लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १ सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १ सय, रु १ करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १ सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १ सय र रु ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार १ सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।













निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया