शनिबार, माघ १०, २०८२

छुरा प्रहार गरी पाँच लाख रुपैय लुटियो

मेरोन्यूज २०७९ साउन १४ गते १८:१२

काठमाडौँ । महोत्तरीको गौशाला सम्सी सडक खण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी पैसा लुटेको हो ।

आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र २-०२-००४ प ३३४७ नम्बरको मोटरसाइकलमा घर जाँदै थिए । मोटरसाइकलमा आएका तीन जनाले छुरा प्रहार गरी उनीसँग भाएको रकम लुटेको थियो ।

अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर उनीहरू भागेका थिए । छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ । लुटेराको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया