कांग्रेसको राष्ट्रिय मगर संघका सभापतिमा थापा मगर
मेरोन्यूज
२०७९ साउन १४ गते १९:०३

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापा मगर सर्वसम्मत चयन भएका छन् । आज बसेको केन्द्रीय समितिको बैठकबाट उनी केन्द्रीय सभापतिमा चयन भएका हुन् ।
कांग्रेसमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेका थापा मगर पार्टीको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । यस्तै, मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै उनी सभापतिमा चयन भएका हुन् ।
सभापति चयन भएपश्चात् उनले लोकतन्त्रमा आस्थावान मगर समूदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका हुने बताए । उनले निर्धारित समयमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धसमेत व्यक्त गरे ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया