भीषण वर्षासँगै उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित
मेरोन्यूज
२०७९ साउन १४ गते २०:०९

काठमाडौँ । चीनको उत्तर पूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीले झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीले बताएका छन् ।
लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ । जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर)को प्रत्यक्ष आर्थिक क्षति भएको छ ।
प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् ।
बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन् ।
सम्बन्धित
















सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया