प्रिय कमरेड, छक्का-चौका हान्ने अवसरमा मैदान भत्काइयो, ब्याट भाँचियो : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य योगेश भट्टराईले तत्कालीन नेकपाको एकतालाई जोगाउन नसकेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै टिप्पणी गरेका छन् ।
उनले तत्कालीन नेकपा कालमा कामको गतिबाछ छक्का–चौका हान्ने र हरेक बलमा विकेट लिने अवसर भए पनि नसकेको टिप्पणी गरेका छन् । उनले त्यस समयमा खेलको मैदान नै भत्काउने र ब्याट भाँचिदिने काम भएको उल्लेख गरेका छन् ।
‘जुन इनिङमा छक्का–चौका हान्ने अवसर थियो, प्रत्येक बलमा विकेट लिने अवसर थियो, खेल मैदान भत्काइयो, ब्याट भाँचियो,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खेलको नियम उलङ्घन गरेबापत रेष्टिकेटमा परियो, मौका गुम्यो ।’
यस्तै, उनले अर्को इनिङ खेल्ने रहर लागेको तर नसक्ने भएको अवस्था भएको बताएका छन् । ‘छक्का–चौका हान्ने र विकेट लिने चाहना छ, तर के गर्नु शरीरमा तागत छैन, हातमा बल छैन, खेल मैदानको सिमाना टाढा देखिन्छ, क्याच गर्न खोज्यो चिप्लिहाल्छ,’ उनले भनेका छन्, ‘कुनैबेला फुटबल खेलाडी भएर आफ्नै पोष्टमा आत्माघाती गोल पनि गरियो, त्यसैले प्रिय कमरेड, अब पेभेलिएनमा बसेर मैदानका खेलाडीको हौसला बढाउनु नै बेस होला ।’
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया